बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मंगलवार दुई म्युचुअल फण्डको इकाई सूचीकृत भएको छ । नेप्सेमा एनआईबिएल एस क्यापिटलको ‘एनआईबिएल ग्रोथ फण्ड’ र सानिमा क्यापिटलको ‘सानिमा ग्रोथ फण्ड’ सूचीकृत भएको हो ।
एनआईबिएल एस क्यापिटलको अंकित मूल्य प्रतिइकाई रू. १० का कुल १३ करोड २० लाख इकाई र सानिमा क्यापिटलको अंकित मूल्य रू. १० का कुल ६ करोड ७२ लाख ५३ हजार २६० इकाई सूचीकृत भएको हो ।
एनआईबिएल ग्रोथ फण्ड ‘एनआइबिएलजीएफ’ र सानिमा ग्रोथ फण्ड ‘एसएजीएफ’ सिम्बोलबाट सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त फण्ड बुधवार (भोलि)देखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछन् ।
प्रतिक्रिया