बैंकिङ्ग समाचार, काठमाडौं ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा गत वर्ष भन्दा यस वर्ष लाभांशदर घटेको छ ।
प्रतिक्रिया