बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकको सुधार भएको छ । आज नेप्से १.५४ अंकले बढेर २ हजार ९६ दशमलब ०८ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २२.१२ अंकले घटेर २ हजार ९४ दशमलब ५४ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा १ अर्ब ९३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा २ अर्ब ९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १०८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०१ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ७ वटा कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमुल्यमा आज सर्किट लेभलको वृद्धि भएको हो ।
आज इस्टर्न हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यसको आज ६ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया