समता घरेलु लघुवित्तले गर्यो आकर्शक बोनस सहित कुल १८% लाभांश घोषणा

समता घरेलु लघुवित्तले गर्यो आकर्शक बोनस सहित कुल १८% लाभांश घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक बर्ष २०७८/७९ सम्मको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ । समता घरेलु लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु ३४ करोड २७ लाखको १५ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हो ।

साविक समता लघुवित्त र साविक घरेलु लघुवित्त बिच मर्जर कार्य सम्पन्न भई २०७८ साल बैशाख ०२ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरुवात गरेको र एकीकृत वित्तीय कारोबार सुरुवात गरेको मितिले दुई बर्षसम्म लाभांशमा कर छुट हुने भएकोले लाभांश कर प्रयोजनका लागि लघुवित्तले कर रकम प्रस्ताव भने गरेको छैन । तर, एकीकृत करोबार पछि शेयर खरिद गर्ने शेयरधनीले भने लाभांशकर नियमअनुसार भुक्तानी गर्नुपर्नेछ ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन ।