बैंकिङ्ग समाचार, काठमाडौं ।
नेकपा एमाले निकट उद्योगि व्यावसायिहरु को छाता संगठन नेपाल उद्योग तथा व्यावसायि महासंघले आउदो बैशाख २४ गते महासंघको स्थापना दिवसको सन्दर्भमा ‘नेपाल इकोनोमिक समिट २०२३’ काठमाडौंमा आयोजना गर्ने भएको छ ।
नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न भएता पनि पर्याप्त मात्रमा पुँजीको अभाव, परम्परागत कृषि प्रणाली, सरकारको कमजोर औद्योगिक निति, नयाँ नयाँ प्रविधिको अभाव, दुई ठुला राष्ट्रको तुलनामा नेपालको कमजोर अर्थ ब्यवस्थाका कारण आज सम्म नेपालले आर्थिक प्रगति गर्न नसकेको कुरा महासंघका अध्यक्ष एल.पि सावाँ लिम्बुले बताएका छन् ।
खासगरि ‘नेपाल इकोनोमिक समिट २०२३’ सुचनाप्रविधि, उर्जा, कृषि, खनिज, वित्तीय र पर्यटन संग सम्बन्धित मुद्दाहरुमा केन्द्रीकृत भएर संचालन गर्न लागिएको बताइएको छ ।
‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई मुर्तरुप दिन नेपाल इकोनोमिक समिट २०२३ आयोजना गर्न लागिएको हो । सम्मेलनलाई भब्य र सभ्य बनाउन महासंघ तयारीमा समेत जुटिसकेको जानकारी अध्यक्ष सावाँले दिएका छन् ।
यही माघ ७ गते बसेको महासंघको तेस्रो विस्तारित बैठकले नेपाल इकोनोमिक समिट २०२३ आयोजना गर्ने निर्णय गरेको थियो ।



About Us
प्रतिक्रिया