स्वावलम्बन लघुवित्तले शेयर संरचना परिवर्तन गर्दै, सर्वसाधरण स्वामित्व बढ्ने

18.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम शेयर संरचनामा संस्थापकको १० प्रतिशत शेयर घटाएर सर्वसाधारणको शेयर १० प्रतिशत बढाउने जनाएकाे छ । 

कम्पनीको हाल कायम शेयर संरचना अनुसार संस्थापकको शेयर ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत रहेको छ । नयाँ शेयर संरचना अनुसार कम्पनीमा संस्थापकको शेयर ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम हुनेछ ।