बैंकिङ्ग समाचार, काठमाडौं ।
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई बोनस शेयर वितरणका लागि कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीले गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न शेयरधनीलाई अनुरोध गरेको हो ।
शेयरधनीले कर बापतको रकम कम्पनीको शेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल मार्केट्सको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको रहेको खाता नं ०८७००१००५७६४०००००१ मा जम्मा गरेपछि बोनस शेयर प्राप्त गर्नेछन् । साथै बुक क्लोजको समयमा रोक्का रहेका शेयरधनीहरूको बोनस शेयर फुकुवा पत्र प्राप्त भएपछि मात्र बोनस शेयर खातामा पठाउने कम्पनीले जानकारी दिएको छ ।
हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गरेपछि बोनस शेयर हितग्राही खातामा प्राप्त गर्नेछन् ।
प्रतिक्रिया