बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन फाइनान्सको ६.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात फाइनान्सको शेयरमूल्य ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फाइनान्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन फाइनान्सको शेयर प्रतिकित्ता ३६५ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।
साे लाभांश प्रस्ताव पारित गर्न फाइनान्सले माघ २७ गते, गुहेश्वरी भवन, हरिहर भवन काठमाडौंमा बिहान १० बजे २१ औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिशन गर्ने सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया