बैंकिङ्ग समाचार, काठमाडौं ।
आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीका चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ । जसबाट संस्थाले २० प्रतिशतका दरले हुन आउने ४१ लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया