हिमालयन बैंकको २५ लाख कित्ता ऋणपत्र सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंकको २५ लाख कित्ता ऋणपत्र बुधवार नेप्सेमा सूचीकृत भएको छ । ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो । 

उक्त ऋणपत्र भोलि बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदर भएको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र सूचीकृत गराएको हो । ऋणपत्रको स्टक सिम्बोल एचबीएलडी ८६ (HBLD86) रहेको छ ।