बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १४ करोड ९२ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा कम्पनीले यस वर्ष ६१ दशमलव ८५ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३९ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष सञ्चालन नाफा पनि खुद नाफाकै अनुपातमा घटेको छ । गत वर्ष रू. ५५ करोड ९० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २१ करोड ३२ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. १० करोड १६ लाखभन्दा बढी रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रहेको छ । रिटेन्ड अर्निग रू. ९६ करोड ५७ लाखभन्दा बढी रहेको छ भने जगेडा कोष रकम रू. ५६ करोड ११ लाखभन्दा बढी कायम भएको छ । दोस््रो त्रैमाससम्म कम्पनीले रू. ३ अर्ब ३६ करोडभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. २० अर्ब ४४ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले रू. १५ अर्ब १० करोडभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्ष शून्य दशमलव ९७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ३ दशमलव ३८ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १७ दशमलव २१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५५ दशमलव ५२ रहेको छ ।
प्रतिक्रिया