बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेरुडे लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।
यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गरेकाले आजको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ८०८ दशमलव ६२ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ९३८ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
त्यस्तै नेरुडे लघुवित्त वित्तीय संस्थाले २२ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ८२७ दशमलव ८७ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. १ हजार १० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया