नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम भने उल्लेख्य वृद्धि भई ३ अर्ब ३० करोड माथि

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम भने उल्लेख्य वृद्धि भई ३ अर्ब ३० करोड माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दास्रो दिन आज सोमबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से ४१.०१ अंकले घटेर २ हजार १ सय २७ दशमलब ५२ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १४.६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलब ५३ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से उच्च अंकले घटेपनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । आज नेप्सेमा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ३ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

नेप्सेका अनुसार आज लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यि दुवै कम्पनीको शेयरमुल्यमा आज सर्किट लेभलको वृद्धि भएको हो ।

आज युनाइटेड इदि मार्दि आरबि हाइड्रोपावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सुर्य ज्योती लाईफ इन्स्योरेन्सको भएको छ । यसको आज १७ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ ।