साताको पहिलो दिन नेप्सेमा १३.७९ अंकको गिरावट, कारोबार रकम समान्य बढेर ३ अर्ब माथि

साताको पहिलो दिन नेप्सेमा १३.७९ अंकको गिरावट, कारोबार रकम समान्य बढेर ३ अर्ब माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से १४.६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलब ५३ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ०.३५ अंकले घटेर २ हजार १ सय ८३ दशमलब २७ बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । आज नेप्सेमा ३ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा २ अर्ब ८६ करोड रुपैयाँ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ४८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इष्र्टन हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, र सुर्यज्योती लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट लेभलको वृद्धि भएको हो ।

आज समृद्धि फाइनान्स कम्पनी र सिभिल लघुवित्तको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि दुवै कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई जनरल इन्स्योरेन्सको भएको छ । यसको आज ९ करोड ९९ लाखभन्दा बढीको कारोबार भएको छ ।