युनियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

युनियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अर्थात आइतवार अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै आज सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २६ गते साधारण सभा आयोजना गरेको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहान १०ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । साथै सभाले यस युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुँरास लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने प्रस्ताव पनि पारित गर्नेछ ।