मिड सोलु हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

मिड सोलु हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन


बैंकिङ्ग समाचार, काठमाडौं ।
मिड सोलु हाईड्रोपावरले लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

कम्पनीले १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्नका लागि माघ ११ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सेबोनबाट आईपीओ निष्कासनको स्वीकृति पाएपछि पहिलो चरणमा स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।