बैंकिङ्ग समाचार, काठमाडौं ।
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा भोलि शुक्रवार गर्दैछ । सभा होटल गाउँबेशीको सभाहल वालिङ–८ वालिङ, स्याङ्जामा बिहान ११:३० बजे शुरू हुने कम्पनीले जानकारी गराएको छ ।
सभाले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले यो लघुवित्त कम्पनी एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरू गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा पुस २८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
प्रतिक्रिया