बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ ११ गते बुधबार बसेको सञ्चालक समितिको बैठले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २१.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँ रहेको छ । जसमा २ करोड ४३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १२ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । प्रस्तावित बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी १५ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया