लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन, घट्यो बोनस लाभांश

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन, घट्यो बोनस लाभांश


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको छ ।

इन्स्योरेन्सले यसअघि गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनमा संशोधन गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोडभन्दा बढी रहेको छ ।

गत वर्ष ९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।