नेप्सेमा समान्य अंकको सुधार, कारोबार रकममा उल्लेख्य कमि आएर ३ अर्बमा सिमित

नेप्सेमा समान्य अंकको सुधार, कारोबार रकममा उल्लेख्य कमि आएर ३ अर्बमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज मंगलबार समान्य अंकको सुधार भएको छ । आज नेप्से ८.१४ अंकले बढेर २ हजार १ सय ७३ दशमलव २४ बिन्दुमा बन्द भएको छ । हिजो सोमबार नेप्से १३.७१ अंकले घटेर २ हजार १ सय ६५ दशमलव १० बिन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा सुधार आएपनि कारोबार रकममा भने उल्लेख्य कमि भएको छ । आज नेप्सेमा ३ अर्ब ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १०९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयरमूल्य घटेको छ, १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज सानिमा जीआइसी इन्स्योरेन्सको शेयरमुल्य सबैभन्दा उच्च अंकले बढेको छ । यस कम्पनीको शेयरमुल्यमा आज सर्किट लागेको छ । त्यस्तै, सुर्योदय वोमी लघुवित्त र शिव श्रि हाइड्रोपावरको शेयरमुल्य ९ प्रतिशत भन्दा बढिले घटेको छ ।

आज एनएमबि हाइब्रिड फण्ड एल–१ र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यि दुवै कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसंचार कम्पनीको भएको छ । यसको आज १२ करोड ९१ लाखभन्दा बढीको कारोबार भएको छ ।