मेरो माइक्रोफाइनान्सको नगद लाभांश शेयरधनीलाई वितरण गर्न सुरु

मेरो माइक्रोफाइनान्सको नगद लाभांश शेयरधनीलाई वितरण गर्न सुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वार्षिक साधारण सभाले पारित गरेको दिनदेखिनै वितरण गरेको छ । कम्पनीको माघ ६ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर प्रयोजन समेतका लागि १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । 

कम्पनीले माघ ६ गतेदेखिनै सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गर्न सुरु गरेको जानकारी दिएको हो । यस वर्ष कम्पनीले १० प्रतिशत कर समेत नगद लाभांश सहित १० प्रतिशत बोनस शेयर समेत वितरणको प्रस्ताव पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुुस २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका हुन । पुस २१ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटल प्राप्त भएपछि मात्र जम्मा गरिने कम्पनीको भनाई छ । 

उक्त मितिपश्चात् कर्जा चुक्ताभुक्तानी गरेका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।