नेशनल माइक्रोफाइनान्सको लाभांश घोषणा, नेप्सेले शेयर कारोबार रोक्का गरि माग्यो स्पष्टिकरण

नेशनल माइक्रोफाइनान्सको लाभांश घोषणा, नेप्सेले शेयर कारोबार रोक्का गरि माग्यो स्पष्टिकरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३८.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । माघ ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्त गरेका कारण लाभांश कर छुट हुने व्यवस्थाले गर्दा हाल कर प्रयोजनार्थ कुनै रकम छुट्याइएको छैन ।

यद्यपी, नेप्सेले भने संस्थाको शेयर कारोबार रोक्का गरिदिएको छ । संस्थाले लाभांश घोषणा सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सो संस्थाको शेयर कारोबार रोक्का गरेको जनाएको छ । साथै नेप्सेले के कति कारणले यस्तो हुन पुगेको हो कारण खुलाई तीन दिन भित्र स्पष्टिकरण समेत पेश गर्न आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।