बैंकिङ्ग समाचार, काठमाडौं ।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले फागुन ३ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २६ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले फागुन ३ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २६ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयमा टुङ्गो लगाउनेछ ।
सभाले प्रस्तावित नगद लाभांशलाई पनि अन्तिम स्वीकृति दिनेछ । गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ८ दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
साथै सञ्चालक सुरेश राज जोशीको नियुक्ती, समूह “ख” बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक अरुण कुमार सर्राफ, सुरेश लाल श्रेष्ठ र देवेश सर्राफको पुनः नियुक्ती र स्वतन्त्र सञ्चालकहरुमा श्रीबत्स शम्शेर राणा, मनोज प्रसाद राजभण्डारीको पुनः नियुक्तीलाई समेत सभाले अनुमोदन गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गतेदेखि फागुन ३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन माघ १५ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया