बैंकिङ्ग समाचार, काठमाडौं ।
साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासी जिल्ला (ब.सु.पू.) को गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो छैठौं वार्षिक स्थापना दिवस मिति २०७९/१०/०७ गते एक कार्यक्रम गरी मनाएको छ ।
मिति २०७३ असार ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७३/०९/१७ गते वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरी विधिवत रुपमा मिति २०७३/१०/०७ गतेदेखि संस्थाले कारोबार सुभारम्भ गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त गरी कारोवार गरेको वित्तीय संस्थाको चुक्ता पुँजी रु. ४१ करोड ४५ लाख १३ हजार २८४ रहेको छ । यस संस्थाले देशभरी नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिए अनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरुमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी मिति २०७८ भाद्र ४ गतेदेखि एकीकृत कारोबार गरेको यस संस्थाको पहुंच नेपालका सातै प्रदेशका ४७ जिल्लामा रहेको छ ।
छैठौं वार्षिक उत्सवको अवसरमा वित्तीय जनचेतना सहित प्रभातफेरी कार्यक्रम गरी संस्थाको तर्फबाट गैंडाकोट नगरपालिका, वडा कार्यालय र इलाका प्रहरी कार्यालयलाई फोहोर व्यवस्थापनको लागि डस्टविन वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामाले गरेका छन् ।
वित्तीय संस्थाले हाल सम्म विपन्न वर्गका सदस्यहरुलाई सहज रुपमा डिजिटल लघु बैकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ । हाल सम्म संस्थाले ९७ हजार ६ सय ९७ सदस्यहरुलाई सेवा दिई विभिन्न उद्देश्यमा ४७ हजार ८ सय १२ जना ग्राहकहरुमा बाँकी कर्जा रु. ५ अर्ब १६ करोड रहेको छ भने ग्राहक सदस्यहरुको बचत रकम रु.१ अर्ब ४७ करोड रहेको छ ।



About Us
प्रतिक्रिया