समान्य अंकको सुधार भएर बन्द भयो नेप्से, कारोबार रकम घटेर ३ अर्बमा सिमित

समान्य अंकको सुधार भएर बन्द भयो नेप्से, कारोबार रकम घटेर ३ अर्बमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकको सुधार भएको छ । आज नेप्से ५.७१ अंकले बढेर २ हजार १ सय ७८ दशमलव ८१ बिन्दुमा बन्द भएको छ । हिजो नेप्से ९.०१ अंकले घटेर २ हजार १ सय ७३ दशमलव १० बिन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकममा भने उच्च गिरावट आएको छ । आज नेप्सेमा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा आज कारोबार भएका कम्पनीमध्ये ८५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयरमूल्य घटेको छ, १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज आदर्श लघुवित्तको शेयरमूल्यमा सबैभन्दा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमुल्य आज सर्किट लेभलमा बढेको छ । त्यस्तै, मैलुङ्ग खोला जलविद्युतको शेयरमुल्य ९ प्रतिशत भन्दा बढिले बढेको छ ।

आज कुमारी धनवृद्धि योजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । यसको आज १८ करोड ४ लाखभन्दा बढीको कारोबार भएको छ ।