४ दिन पछि खुलेको शेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकम भने घटेर ४ अर्ब मुनि

४ दिन पछि खुलेको शेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकम भने घटेर ४ अर्ब मुनि


बैंकिङ्ग समाचार, काठमाडौं ।
लगातार ४ दिन बन्द भई आज मंगलबार खुलेको शेयर कजारमा उच्च अंकको वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.७२ अंकले बढेर २ हजार १ सय ८२ दशमलव ११ बिन्दुमा बन्द भएको छ । पछिल्लो कारोबार दिन अर्थात गत बिहिबार नेप्से ४१.०२ अंकले घटेर २ हजार १ सय ४९ दशमलब ४१ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से वृद्धि भएपनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोमार भएको छ । बिहिबार नेप्सेमा ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १६९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३० वटा कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज ३ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । आज ग्रिन भन्चर लिमिटेड, आदर्श लघुवित्त र पिपुल्स हाइड्रोको शेयरमुल्य सर्किट लेभलमा बढेको हो । त्यस्तै, अन्य ५ कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढिले बढेको छ ।

आज प्रभु सेलेक्ट फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपि पावर कम्पनीको भएको छ । यसको आज २३ करोड २६ लाखभन्दा बढीको कारोबार भएको छ ।