बैंकिङ्ग समाचार, काठमाडौं ।
अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सलाई मर्जरमा जान नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक सहमति प्रदान गरेको छ । प्राधिकरणको पुस २९ गतेको पत्रबाट यी दुई कम्पनीलाई एकआपसमा गाभ्ने र गाभिने प्रक्रियामा जान सहमति प्रदान गरेको हो ।
यी दुवै कम्पनीबीच पुस २६ गते मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । स्वाप रेसियो भने डीडीएको आधारमा तय हुने दुवै कम्पनीको सहमति रहेको छ ।
यसअघि अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो तर दुई कम्पनीबीच नाम र स्वाप रेसियोमा कुरा नमिलेको कारण यो सो मर्जर भाँडिएको थियो र अजोड इन्स्योरेन्सले यूनाइटेड इन्स्योरेन्ससँग मर्जरमा जाने सम्झौता गरेको थियो ।
प्रतिक्रिया