बैंकिङ्ग समाचार, काठमाडौं ।
अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ ।
कम्पनीको हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको छ । गत वर्षको मुनाफाबाट कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश वितरणका लागि विद्युत् नियमन आयोगको स्वीकृति पाइसकेको कम्पनीले पूँजी वृद्धिका लागि थप ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो ।



About Us
प्रतिक्रिया