बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कुल लाभांशमध्ये १९ प्रतिशत बोनस शेयर र कर सहित १ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष पनि १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया