बैंकिङ्ग समाचार, काठमाडौं ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । लघुवित्तले माघ २८ गते, उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा डाकेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर वा प्राप्ती गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले माघ १७ गतेबुकक्लोज गर्ने भएको छ । यस अनुसार माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया