सोलार फार्मले २० करोडको आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सोलार फार्मले २० करोडको आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


बैंकिङ्ग समाचार, काठमाडौं ।
सोलार फार्म लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुका लागि प्रथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लागि कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष आष बहादुर गुरुङ्ग (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सोलार फार्म लिमिटेडको अधिकृत पूँजी रु. ६५ करोड रूपैयाँ, जारी पूँजी रु. ६५ करोड रूपैयाँ, र चुक्ता पूँजी रु. ४५ करोड रूपैयाँ रहेको छ ।

नेपालको पहिलो सोलरबाट बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगा वाट क्षमताको सोलार बाट बिद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ । यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं.५ बेल चौतारामा अवस्थित छ ।