साधना लघुवित्तको साधारण सभा सम्पन्न, २०% लाभांश पारित

साधना लघुवित्तको साधारण सभा सम्पन्न, २०% लाभांश पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा शनिवार होटल गोरखा बिसौनी गोरखा नगरपालिका ६ गोरखामा सम्पन्न भएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै सभाले लघुवित्त भविष्यमा कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १९ गते सम्म कायम शेयरधनी लाभांश पाउन योग्य छन् ।