बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले मिति २०७९ पौष ३० गतेका दिन पोखरामा आफ्नो सोह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांस मध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुनेछ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्र राज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।
प्रतिक्रिया