मिथिला लघुवित्तले घोषणा गर्यो लाभांश प्रस्ताव, बोनस शेयर कति ?

मिथिला लघुवित्तले घोषणा गर्यो लाभांश प्रस्ताव, बोनस शेयर कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव गरेको छ ।

पुस २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड ४ लाख ३७ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति र

कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण हुनेछ । कम्पनीले गत वर्षको भन्दा कम लाभांश यस वर्ष वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।