बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले बोर्डमा पुस २६ गते निवेदन दिएको छ । कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निवेदन दर्ता गराएको हो ।
कम्पनीले १ बराबर शून्य दशमलव ७५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डसँग अनुमति मागेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ । ७५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीले विद्युत नियमन आयोगको स्वीकृतिपछि धितोपत्र बजारको नियामक निकाय बोर्डसँग स्वीकृति मागेको हो ।
कम्पनीले हकप्रद निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।
प्रतिक्रिया