बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकको गिरावट भएको छ । पछिल्लो साता देखि निरन्तर रुपमा बढेको शेयर बजारमा अघिल्लो कारोबार दिन मंगलबारदेखि गिरावट आएको हो ।
आज नेप्से ४१.०२ अंकले घटेर २ हजार १ सय ४९ दशमलब ४१ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २१.३५ अंकले घटेर २ हजार १ सय ९० दशमलब ४५ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ७ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये २१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८४ वटा कम्पनीको शेयरमूल्य घटेको छ, १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ । जसमा कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो इनर्जी, बाराही हाइड्रोपावर र एनआइबीइल समृद्धि फण्ड–२ रहेका छन् ।
आज गुँरास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यसको आज २२ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया