बैकिङ्ग समाचार, काठमाडौं ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षका लागि कुल २५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
पुस २७ गते दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २२ प्रतिशत बोनस शेयर र कर समेत ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३२ करोड ४१ लाख रहेको छ ।
सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीको प्रस्तावित लाभांश वितरणयोग्य हुनेछ । गत वर्ष २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश प्रस्ताव गरेको हो ।
प्रतिक्रिया