बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार तिव्र उतार चढाव भएको छ । आज २ हजार २ सय ७७ दशमलव ४२ अंकको माथिल्लो विन्दुसम्म पुगेको नेप्से परिसूचक फरि घटेर २ हजार १ सय ७९ दशमलव ६४ अंकसम्म फर्किएको थियो र अन्त्यमा बजार बन्द हुदा नेप्से २१ दशमलव ३५ अंकले घटेर २ हजार १ सय ९० दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ ।
बजारमा तिव्र उतारचढाव भएको दिन आज कारोबार रकम भने उच्च अंकले बढेको छ । आज नेप्सेमा ७ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज बुटवल हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । यस कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ ।
आज नेप्सेमा तारागाँउ रेजेन्सी होटलको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी ङ्यादी ग्रुप पावरको भएको छ । यसको आज २२ करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया