बैंकिङ्ग समाचार, काठमाडौं ।
महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४७.५ प्रतिशतका दरले हुने आउने ७ करोड ६२ हजार ५ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि २.५ प्रतिशतका दरले हुन आउने ३६ लाख ८७ हजार ५ सय रुपैयाँ नगद गरी कुल ५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंंकको स्वीकृति भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया