नेप्सेको उकालो यात्रा निरन्तरः उच्च अंकले बजार बढेर २२ सय माथि, कारोबार रकम ५ अर्ब नाघ्यो

नेप्सेको उकालो यात्रा निरन्तरः उच्च अंकले बजार बढेर २२ सय माथि, कारोबार रकम ५ अर्ब नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकले वृद्धि भएको छ । आज नेप्से ४६.७६ अंकले बढेर २ अजार २ सय ११ दशमलव ३८ विन्दुमा बन्द भएको छ । हिजो नेप्से २०.५५ अंकले बढेर २ हजार १ सय ६४ दशमलब ४८ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज कारोबार रकम सामान्य घटेको छ । आज नेप्सेमा ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो नेप्सेमा ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १७३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज ८ वटा कम्पनीहरुको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै अन्य ८ कम्पनीहरुको शेयरमूल्य ९ प्रतिशत भन्दा बढिले बढेको छ ।  

आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यिस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा रिडि पावर कम्पनीको भएको छ । यसको आज २० करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ ।