बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमबार (आज) १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १६अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी माघ २४ गते परिपक्व हुनेछ । ९१ दिन अवधिको ट्रेजरी चैत्र २८ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० असार २६ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब ५० करोड रुपैयाँ गरी कुल २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
प्रतिक्रिया