प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशतका दरले हुन आउने ८ करोड ६४ लाख १० हजार ६७६ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार ९३० रुपैयाँ बराबरको नगद लाभांश गरी कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गनेए निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभा पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।