बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ । सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा आयोजना गरिएको थियो ।
सभाले १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले संस्थापक र सर्वसाधारण समूहको शेयर अनुपात क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साथै सभाले मर्जर समितिबाट पेश भएको यूनियन लाइफ र गुराँस लाइफसँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गरेको छ ।
प्रतिक्रिया