२० अंक बढिले नेप्से वृद्धि हुँदा कारोबार रकम साढे ५ अर्ब नजिक

२० अंक बढिले नेप्से वृद्धि हुँदा कारोबार रकम साढे ५ अर्ब नजिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से २०.५५ अंकले बढेर २ हजार १ सय ६४ दशमलब ४८ विन्दुमा बन्द भएको हो । 

त्यस्तै, आज कारोबार रकम साढे ५ अर्ब रुपैयाँ नजिक पुगेको छ । आज नेप्सेमा ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४५.५० रुपैयाँ पुगेको छ भने बाराही हाइड्रोपावर १० प्रतिशतले बढेर प्रतिकित्ता २५८.५० रुपैयाँ पुगेको छ । यसका साथै तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।  

आज बुद्धभुमी नेपाल हाइड्रोपावर, वीन नेपाल लघुवित्त वित्तीय संस्था र सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि तिन वटै कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज २१ करोड २९ लाखभन्दा बढीको कारोबार भएको छ ।