बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटवीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्त गर्न सक्नेछन् ।
यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
ग्राहकहरुले यस अफर अवधीभरी काठमाडौं उपत्यकाका २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सक्नेछन् ।
प्रतिक्रिया