प्रभु र सेञ्चुरी बैंकको सेवा आजबाट ४ दिनसम्म पुर्णरुपमा बन्द हुने

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेवा चार दिनसम्म बन्द हुने भएको छ । यी दुई बैंकले मर्जरपछि पुस २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएकोले डाटा माइग्रेसनका लागी चार दिनसम्मको लागि सम्पूर्ण सेवा बन्द हुने भएको हो ।

आज शुक्रबार राती १० बजेदेखि पुष २६ गते बिहान १० बजे मंगलबारसम्म यी दुई बैंकका सम्पूर्ण सेवाहरु (बैंकको प्रधान कार्यालय, शाखा कार्यालय तथा एक्सेन्सन काउन्टरहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु) एटिएम, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग समेत बन्द हुने बैंकले सूचना जारी गर्दै जानकारी गराएको छ ।

\"\"