बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य ८५८.०९ रुपैयाँमा समायोजन गरेको हो । कम्पनीको अन्तिम कारोबार ९४३.९० रुपैयाँमा भएको थियो ।
त्यस्तै, प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ६८९.७२ रुपैयाँमा समायोजन भएको छ । नेप्सेले बैंकको १४.२५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरेको हो । बैंकको अन्तिम कारोबार ७८८ रुपैयाँमा भएको थियो ।
प्रतिक्रिया