चन्द्रागिरी हिल्सको १३औं वार्षिक साधारण सभा सम्पन्न

चन्द्रागिरी हिल्सको १३औं वार्षिक साधारण सभा सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
चन्द्रागिरी हिल्स लिमिटेडले १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा कम्पनीको कार्यालय थानकोट परिसरमा बिहीवार सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गरेको छ ।

साथै संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गरेको थियो ।