रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीलाई लाभांश नबाड्ने

रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीलाई लाभांश नबाड्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय भएको नेप्से मार्फत जानकारी दिएको हो ।

कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस कम्पनी र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने तयारीमा रहेका छन् ।