बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले पुस १४ गते बिहीबार मर्जरको अन्तिम स्वीकृति दिएको थियो भने सेबोनले हिजो मंगलबार अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।
यो सँगै अब नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्जर भइ बन्ने बैंकले भने, ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्नेगरी अन्तिम स्वीकृति पाएको छ ।
मेगा बैंकको हाल कायम शेयरधनीले मर्जरपछि बन्ने बैंकमा अहिलेको १०० कित्ता बराबर ९० कित्ता अथात् १००ः९० को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर हुने भएका हुन् ।
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेदेखि हुँदैछ ।



About Us
प्रतिक्रिया